एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साविक विजेता लिभरपुललाई पराजित गरेको छ ।
बिहीबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई उसैको मैदानमा १-० गोल अन्तरले पराजित गरेको हो ।
एनफिल्डमा चेल्सीलाई जित दिलाउन मासन माउन्टले निर्णायक गोल गरे ।
खेलको ४२ औं मिनेटमा माउन्टले निर्णायक गोल गरेका हुन् । उनले कान्टेको पासलाई सदुपयोग गरे ।

त्यसअघि चेल्सीका लागि टिमो वेर्नरले २४ औं गोल गरेका थिए । तर, अफसाइड हुँदा उनको गोलले मान्यता पाएँन ।
जितसंगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ ।
चेल्सीले २७ खेलमा ४७ अंक जोडेको छ ।
लिभरपुल ४३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
