शनिबार, कार्तिक ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Bhat Bhateni Supermarket Ad

रमिसा र माया सेमिफाइनलमा

बिहिबार, फागुन २०, २०७७खेलपाटी संवाददाता
रमिसा र माया सेमिफाइनलमा
Classic Tech Internet Ad

काठमाडौं । आरडीएसकी रमिसा श्रेष्ठ र बोसिगाउँकी माया क्षत्री वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको महिला ४८ केजी तौलसमूहमा रमिसाले प्लाटिनमकी तेजीमाया गुरुङ र मायाले भक्तपुरकी करुणा चक्रधरलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।

यही तौल समूहमा भक्तपुरकी अस्मिता दुवालले तारकेश्वरकी जानुका थापा र नक्सालकी सुस्मिता तामाङले नुवाकोटकी प्रगति थापालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

महिला ५१ केजी तौल समूहमा नुवाकोटकी प्रतिभा शाही, बोसिगाउँकी हरिना ऐर, तक्सालकी रोशनी राई र प्लाटिनमकी डेनिका राईले सेमिफाइनलमा स्थान बनाए ।

महिलाकै ५४ केजीमा थानकोटकी सुशीला ब्लोन र बक्समान्डुकी जस्मिन केसीले पनि अन्तिम चारमा स्थान बनाए । महिलाको ५७ केजीमा आरडीएसकी सुमिरा रुपाखेती र रामेछापकी डोल्मा तामाङ पनि सेमिफाइनलमा पुगे । महिला ६० केजीमा केन्द्रीय बक्सिङकी स्नेहा मानन्धर र नुवाकोटकी रीता विकले सेमिफाइनलमा स्थान बनाए ।

यसैगरी पुरुष ६४ केजीमा ललितपुरका सनिल शाहीले पनि सेमिफाइनलमा स्थान बनाए । १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता शाहीले आयुषमान चटौतलाई पराजित गरे । यस तौल समूहमा धादिङका पवन गुरुङ र प्लाटिनमका अस्विनदेव श्रेष्ठले पनि अन्तिम चारमा स्थान बनाए ।

पुरुषकै ४९ केजीमा नक्सालका पवनबहादुर श्रेष्ठ, चितवनका सुरज गुरुङ, काभ्रेका धमेन्द्र राई र तारकेश्वरका सुजन ओलीले अन्तिम चारमा स्थान सुरक्षित बनाए । ५२ केजीमा कोटश्य भैरवका सुमन नेपाली, मकवानपुरका बुद्ध लामा, थानकोटका सुजन महर्जन र बक्समान्डुका वाङ्दी शेर्पा सेमिफाइनल पुगे ।

पुरुषको ५६ केजीमा कोटस्य भैरवका प्रशान्त लामा, नुवाकोटका प्रकाश मगर, चन्डोलका जेनिस गुरुङ र एचटुओका बुद्ध लामाले अन्तिम चारमा स्थान बनाए । पुरुषकै ६० केजीमा नक्सालका मौसम रानामगर, ललितपुरका आभासप्रताप शाह, बक्समान्डुका गणेश थापा र तारकेश्वरका अनिल पुन मगर पनि सेमिफाइनलमा पुगे ।  

प्रतियोगिताको हरेक तौलसमूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल पाउनेछन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एसियन बक्सिङमा नेपालको पदक पक्का

एसियन बक्सिङमा नेपालको पदक पक्का

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य

एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य

Bajaj Pulsar Motorcycle Ad
कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

इरानसँग सहजै हार्‍यो नेपाल

इरानसँग सहजै हार्‍यो नेपाल

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

मियामीमा रहन पाउँदा खुसी छन् मेसी