एजेन्सी । कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (काफ) का अध्यक्ष अहमद अहमदले पाँच वर्षको प्रतिबन्धविरुद्ध अपिल गरेका छन् ।
अहमदले खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा अपिल गरेका हुन् ।
६१ वर्षीय अहमदले स्विजरल्याण्डको जुरिचमा रहेको कासको हेडक्वाटरमा अपिल दर्ता गराएका हुन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले काफ अध्यक्ष अहमदलाई पाँच वर्षको प्रतिबन्ध लगाएको थियो ।
फिफाको आचार संहिता उलंघन गरेको कारण प्रतिबन्ध गरिएको फिफाले जनाएको छ ।
फिफाका उपाध्यक्ष समेत रहेका अहमदले पद तथा कोषको दुरुपयोग लगायतका विभिन्न आचार संहिताहरु उलंघन गरेको फिफाले जनाएको छ ।
अहमदले सन् २०१७ देखि १९ सम्म आचार संहिता उलंघन गरेको फिफाले विज्ञप्तिमा जनाएको छ ।
यस्तै उनलाई २ लाख अमेरिकी डलर जरिवाना समेत गरिएको छ ।
अहमद सन् २०१७ मा काफका अध्यक्ष चुनिएका थिए ।