पहिलो लेगमा सिटीको सहज जित
बिहिबार, १३ फाल्गुण २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ ।
बुधबार राति भएको पहिलो लेगमा सिटीले जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
हंगेरीको पुस्कास एरिनामा सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भा र ग्राबियल जिससले एक एक गोल गरे ।
जर्मन क्लबविरुद्ध खेलको २९ औं मिनेटमा सिल्भाको गोलबाट सिटीले अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ६५ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
जितसँगै सिटीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
मन्छेनग्लाडबाखलाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।
सिटी र मन्छेनग्लाडबाखबीचको दोस्रो लेग मार्च १६ मा हुनेछ । खेल सिटीको मैदानमा हुनेछ ।







-1765462956105.jpeg&w=3840&q=75)

-1765539955299.jpeg&w=3840&q=75)


-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)