१०० टेस्टको कोशेढुंगा पूरा गर्दै इशान्त
बुधबार, फागुन १२, २०७७खेलपाटी संवाददाता

एजेन्सी । भारतीय बलर इशान्त शर्माले आज करियरको १०० औं टेस्ट पूरा गर्दै छन् ।
अहमदाबाद आज इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा मैदान उत्रदै शर्माले करियरको १०० औं टेस्ट पूरा गर्ने छन् ।
३२ वर्षे शर्मा १०० औं टेस्टको कोशेढुंगा पूरा गर्ने चौंथो भारतीय बलर हुने छन् ।
यस अघि अनिल कुम्बले, कपिल देव र हरभजन सिंहले १०० टेस्ट पूरा गरिसकेका छन् ।
शर्माले इंग्ल्यान्डविरुद्धको खेलमै ३ सय टेस्ट विकेटको कोशेढुंगा पूरा गरेका थिए ।
सरदार पटेल स्टेडियममा भारत र इंग्ल्यान्डबीचको तेस्रो टेस्ट सुरु हुनेछ । टेस्ट अपरान्ह २:४५ बजे सुरु हुनेछ ।
दुई टिमबीचको चार खेलको टेस्ट १-१ को बराबरीमा रहेको छ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)
