नुवाकोट । धादिङ समाज नुवाकोटमा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा सोमबार भएको खेलमा घरेलु टोली नुवाकोट युनाइटेडलाई १-० ले हराउँदै धादिङले अन्तिम चारको यात्रा तय गरेको हो ।
धादिङलाई जित दिलाउन जितेन कँडेलले निर्णायक गोल गरे ।
यससँगै धादिङ सेमिफाइनलमा प्रवेश गर्ने पहिलोे टिम बनेको छ ।
यो जितसँगै धादिङ ७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पराजित भएसँगै घरेलु टोली नुवाकोटको पनि सेमिफाइनल पुग्ने सम्भावना रहेको छ ।