एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओ र भिल्ला रियलले बराबरी खेल्दै अंक बाडेका छन् ।
आइतबार राति भएको खेलमा बिल्बाओ र भिल्लाले १-१ गोलको बराबरी खेलेको हो ।
बिल्बाओको मैदानमा सुरुवाती अग्रता भिल्लाले बनाएको थियो ।
खेलको १६ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४४ औं मिनेटमा एलेक्सले गोल गर्दै बिल्बाओलाई बराबरीमा ल्याउदै हारबाट जोगाए ।
यस बराबरीसँगै भिल्लाले २४ खेलमा ३७ अंक जोडेको छ । भिल्ला लिगको छैटौं स्थानमा रहेको छ ।
बिल्बाओ २३ खेलमा २९ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
अर्को खेलमा हुयस्काले ग्रानडालाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।