एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युनाईटेडले न्युकासल युनाईटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कुस राषफोर्ड, डानिल जेम्स र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे ।
न्युकासलका एलेन सेन्ट म्याक्सीमिनले एक गोल फर्काए ।
ओल्ड ट्राफोर्डमा राषफोर्डले ३० औं मिनेटमा गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

खेलको ३६ औं मिनेटमा न्युकासलका एलेनले गोल गरेपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो ।
खेलको ५७ औं मिनेटमा जेम्सले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई ३-१ को जित दिलाए ।
जितसंगै युनाईटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
युनाईटेडले २५ खेलमा ४९ अंक जोडेको छ ।
युनाईटेड शीर्ष स्थानमा म्यानचेस्टर सिटी भन्दा १० अंकले पछि रहेको छ ।
न्युकासल २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
