धनगढी । धनगढीमा फागुन १४ गते देखि २४ गतेसम्म आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग– ५ को सह प्रायोजकको रुपमा धनगढीको सारथी अस्पताल जोडिएको छ ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सञ्चालन हुने विद्यालय स्तरीय यू– १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सह– प्रायोजकको रुपमा सारथी अस्पताल जोडिएको हो ।
प्रायोजन सम्बन्धी सम्झौता पत्रमा अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र आयोजक लिटल फ्लावर स्पोटर्स एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीका बीचमा हस्ताक्षर भएको छ ।
धनगढीको मुख्य बजार स्थित प्रदेश सभा छेउमा सञ्चालनमा रहेको अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
लिटल फ्लावर प्रिमियर लिग– ५ को मुख्य प्रायोजक टिकापुरमा रहेको चण्डिका ग्रुप रहेको छ । प्रतियोगिताको उप–विजेता पुरस्कार रकम धनगढी उत्तरवेहडी स्थित गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ ।
प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।