एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनसँग १-१ गोलको बराबरी खेलेको हो ।
साउथह्याम्पटनको मैदानमा मासन माउन्टले पेनाल्टीमा गोल गरेपछि चेल्सी हारबाट जोगिएको हो ।
खेलको ५४ औं मिनेटमा माउन्टले पेनाल्टीमा गोल गरेका थिए ।

साउथह्याम्पटनका ड्यानी इन्ग्सले माउन्टलाई फउल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । जसमा माउन्ट चुकेनन् ।
त्यसअघि खेलको ३३ औं मिनेटमा ताकुमी मिनामिनोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
यस बराबरीसँगै चेल्सी चौंथो स्थानमा उक्लिएको छ ।
चेल्सीले २५ खेलमा ४३ अंक जोडेको छ ।
साउथह्याम्पटन ३० अंकसहित १३ औं स्थानमा रहेको छ ।
