एजेन्सी । न्युजिल्याण्ड भ्रमणका लागि बंगलादेशले क्रिकेट टिमको घोषणा गरेको छ ।
बंगलादेशले न्युजिल्याण्डसँगको सिरिजका लागि २० सदस्सीय टिमको घोषणा गरेको हो ।
बंगलादेशले घोषणा गरेको टिममा एक खेलाडी पहिलो पटक टिममा परेका छन् ।
लेफ्ट आर्म स्पिनर नासुम अहमेद पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।
बंगलादेशले मार्चमा न्युजिल्याण्डसँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ ।
बंगलादेशी टिम फेब्रुअरी २३ मा न्युजिल्याण्ड प्रस्थान गर्ने छन् ।
