• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
किन बिकेनन् सन्दीप ?
खेलपाटी संवाददाता
शनिबार, फागुन ८, २०७७ खेलपाटी संवाददाता
किन बिकेनन् सन्दीप ?

काठमाडौं । आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको मिनी अक्सन बिहीबार आयोजना भएको थियो ।

चेन्नईमा आयोजित अक्सनमा कुल २ सय ९२ खेलाडी समावेश भएका थिए ।

अक्सनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने समेत समावेश थिए ।

दिल्ली क्यापिटल्सले रिलिज गरेपछि तीन सिजन आईपीएल खेलिसकेका सन्दीप अक्सनमा सामेल भएका थिए ।

अक्सनमा सन्दीप नेपालको एक्लो प्रतिनिधि थिए ।

नेपाल क्रिकेट संघ (क्यान) ले अक्सनका लागि सन्दीपसहित विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी गरी ८ खेलाडीको नाम पठाएका थिए ।

तर, अन्तिम अक्सनका लागि सन्दीप मात्र छानिएका थिए ।

सन्दीपले सन् २०१८ को आईपीएलबाटै आफ्नो विदेशी फ्रेन्चाइज क्रिकेटको यात्रा सुरु गरेका थिए । उनी आईपीएल खेल्ने पहिलो नेपाली समेत हुन् ।

आईपीएलबाट सन्दीपले ठुलो उचाइ पाए र नियमित ठुला विदेशी फ्रेन्चाइज खेल्दै आएका छन् ।

यस पटकको अक्सनमा समेत सन्दीपलाई कुनै टिमले बोली लगाउने अनुमान गरिएको थियो ।

नेपाली क्रिकेटका स्टार सन्दीपले अक्सनमा आफ्नो मूल्य सामान्य नै राखेका थिए ।

तर, ४० लाख भारु मूल्य भएका सन्दीपलाई कुनैपनि टिमले खरिद गरेन् । सन्दीपलाई कुनै पनि टिमले चासो देखाएनन् ।

यस पटकको अक्सनमा २२ विदेशी खेलाडीमाथि बोली लगाउनु पर्ने थियो । त्यसैले पनि सन्दीपको सम्भावना कम देखिएको थियो ।

यद्दपी केही टिममा स्तरीय स्पिनरको खाँचो हुँदा सन्दीप बिक्ने अनुमान गरिएको थियो ।

चेन्नईको अक्सनमा फास्ट बलर र पछिल्लो क्रममा ब्याटिङ गर्न सक्ने खेलाडीको माग बढी थियो । माग बढेसंगै उनीहरु ठुलो धनराशीमा अनुबन्धन भए ।

दक्षिण अफ्रिकाका फास्ट बलर अलराउण्डर क्रिस मोरिस आईपीएल इतिहासमै सर्वाधिक मूल्यमा बिक्री ए । उनलाई राजस्थान रोयल्सले कीर्तिमानी १६ करोड २५ लाखमा अनुबन्धन गर्यो ।

मोरिसलाई भित्र्याउन ४ टिमले चासो देखाएका थिए ।

न्युजिल्याण्डका फास्ट बलर केइले जेमिसनलाई रोयल च्यालेन्जर्स बैंगलोरले १५ करोडमा अनुबन्ध गर्यो । अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलमा बैंगलोरले १४ करोड २५ लाख खर्च गर्यो ।

अक्सनमा सर्वाधिक बोली फास्ट बलर र अलराउण्डरमा लागेको थियो ।

अक्सनमा सर्वाधिक मूल्य पाउने शीर्ष ८ खेलाडीमध्ये कृष्णप्पा गौथम र म्याक्सवेल बाहेक अन्य सबै फास्ट बलर र फास्ट बलर अलराउण्डर थिए ।

यस्तै अक्सनमा बोली नलागेको स्पिनर तथा ओपनिङ ब्याट्सम्यानमा थियो । स्टार ब्याट्सम्यान आरोन फिन्च, इभिन लुइस, एलेक्स हेल्स, ग्लेन फिलिप्स, ,मार्टिन गुप्टिल जस्ता ब्याट्सम्यानमाथि बोली लागेन ।

स्पिनरमा समेत टिमले ध्यान दिएनन् । आदील रशिद, कियास अहमद, इस सोधी, सन्दीप लामिछाने, करन शर्मा जस्ता स्पिनरले भाउ पाएनन् ।

भारतीय भेट्रान स्पिनर हर्बजन सिंहमाथि समेत पहिलो चरणमा बोली लागेको थिएन । यद्दपी उनले दोस्रो चरणमा न्युनतम मुल्य पाए । यस्तै अफगानिस्तानका मुजिब उर रहमान पनि दोस्रो चरणमा मात्र बिक्री भए ।

अक्सन अघि पन्जाब किंग्सले स्पिनरमाथि बोली लगाउने अनुमान गरिएको थियो । पन्जाबको टिममा भरपर्दा स्टार स्पिनर थिएनन् ।

तर, अक्सनमा पन्जाबले स्पिनरमा आँखा लगाएन । पन्जाबले फाबियन एलेनलाई विदेशी स्पिनरको रुपमा अनुबन्ध गर्यो । त्यसबाहेक पन्जाबमा रवि बिश्नोई, दीपक हुडा, मुरुगन आश्विन, हरप्रित बरार स्पिनरका रूपमा छन् ।

पन्जाबमा स्पिनरको अभाव देखिएकोले सन्दीपमा समेत बोली लाग्ने अनुमान थियो । तर, पन्जाबले एक मात्र स्पिनरमा बोली लगायो ।

सनराइजर्स हैदराबादले ३ खेलाडी अनुबन्ध गर्दा जगदिशा सुचिथ र दोस्रो चरणमा मुजिब र अलराउण्डर केदार जाधबलाई स्पिनरको रुपमा भित्र्यायो ।

चेन्नई सुपर किङ्सले कृष्णप्पा गौथम, कोलकत्ता नाइट राइडर्सले पवन नेगी, हर्बजन सिंह र शकिब अल हसन, मुम्बई इण्डियन्सले पिउस चावला, राजस्थानले कुलदिप यादबलाई मुख्य स्पिनरको रुपमा टिममा अनुबन्ध गरे ।

सन्दीपमाथी बोली नलाग्नुको अर्को प्रमुख कारण उनको पछिल्लो प्रदर्शन हो ।

सन्दीपले गत संस्करणको बिग बास लिगमा खासै प्रदर्शन गर्न सकेका थिएनन् । त्यसअघि उनी आईपीएलमा पुरै सिजन बेञ्चमा सिमित भएका थिए ।

लगातार विदेशी फ्रेन्चाइज लिगमा ब्यस्त रहँदै आएपछी सन्दीप अक्सन वा ड्राफ्टबाट नबिकेको यो पहिलो पटक भने होइन । यसअघि सन्दीप पाकिस्तान सुपर लिगको सन् २०२० तथा २०२१ को ड्राफ्टमा समेत बिक्री भएका थिएनन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले टस जित्यो
नेपालले टस जित्यो
नेपाललाई जित्नैपर्ने दबाब
नेपाललाई जित्नैपर्ने दबाब
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
नेपालले टस जित्यो
नेपालले टस जित्यो
नेपाललाई जित्नैपर्ने दबाब
नेपाललाई जित्नैपर्ने दबाब
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP