अबिनाश थापा
बारा । बाराको करैयामाई गाउँपालिकामा बिहीबारबाट सुरु भएको करैयामाई पाँचौ पिपरा गोल्डकपमा बिरगंज युथ एकेडेमीले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा बिरगंजले आयोजक शृजनशिल युवा क्लबलाई २-० ले हराएको हो ।
बिरगंजका आदित्य शाक्यले खेलको २४ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता टोलीलाई दिलाएका थिए । ३८ औं मिनेटमा म्याक्सले गोल गर्दै बिरगंज युथ एकेडेमीलाई २-० ले जित दिलाए ।
खेलको म्यान अफ द म्याच बिरगंजका आदित्य शाक्य चुनिए ।
शुक्रबार हुने दोस्रो खेलमा हेटौंडा एकेडेमी मकवानपुर र जनजागृती युवा क्लब सिमराबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितालाई करैयामाई गाउँपालिकाले मुख्य प्रायोजन गरेको छ ।