एजेन्सी । भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सन सम्पन्न भएको छ ।
चेन्नईमा आयोजना भएको आईपीएल अक्सन २०२१ बाट फ्रेन्चाईज टिमले आवश्यक खेलाडी खरिद गरेका छन् ।
अक्सनबाट विभिन्न फ्रेन्चाईज टिमले महँगो मूल्य तिरेर खेलाडी अनुबन्ध गरेका छन् ।
आईपीएल अक्सन २०२१ बाट सर्वाधिक मूल्यमा बिक्री भएका पाँच खेलाडीबारे तल चर्चा गरिएको छ ।
१ . क्रिस मोरिस
दक्षिण अफ्रीकाका अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट इतिहासकै सर्वाधिक महँगा खेलाडी बनेका छन् ।
चेन्नईमा भएको अक्सनबाट मोरिस सर्वाधिक महँगा खेलाडी बनेका हुन् ।
मोरिसलाई अक्सनबाट राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा खरिद गरेको छ ।
जुन मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो । मोरिसको न्युनतम मूल्य ७५ लाख रहेको थियो ।
यस अघि युवराज सिंह महँगा खेलाडी थिए । उनको मूल्य १६ करोड भारु थियो ।

२. केली जेमिसन
न्युजिल्याण्डका बलर केली जेमिसन सर्वाधिक महँगो मूल्यमा अनुबन्धित हुने दोस्रो खेलाडी हुन् ।
जेमिसनलाई रोयल च्यालेन्जर्स बैंगलोरले १५ करोड भारुमा खरिद गरेको छ ।
उनको न्युनतम मूल्य ७५ लाख रहेको थियो ।
३. ग्लेन म्याक्सवेल
अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेल सर्वाधिक मूल्यमा अनुबन्धित हुने तेस्रो खेलाडी हुन् ।
अक्सनबाट म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंगलोरले १४ करोड २५ लाख भारुमा खरिद गरेको छ ।
उनको न्युनतम मूल्य २ करोड भारु रहेको थियो ।
४. एभन रिचार्डसन
अष्ट्रेलियाका बलर रिचार्डसन सर्वाधिक मूल्यमा अनुबन्धित हुने चौंथो खेलाडी हुन् ।
पन्जाब किङ्सले रिचार्डसनलाई १४ करोडमा खरिद गरेको छ । उनको न्युनतम मूल्य १ करोड ५० लाख रहेको थियो ।
५. कृष्णप्पा गौथम
भारतका अलराउण्डर कृष्णप्पा गौथम सर्वाधिक मूल्यमा अनुबन्धित हुने पाँचौ खेलाडी हुन् ।
उनलाई चेन्नई सुपर किङ्सले ९ करोड २५ लाखमा खरिद गरेको छ ।
गौथमको न्युनतम मूल्य २० लाख भारु रहेको थियो ।