शालिकराम चालिसे
नुवाकोट । बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा घरेलु टोली नुवाकोट युनाइटेडले विजयी सुरुवात गरेको छ ।
बिहीबार भएको उद्घाटन खेलमा नुवाकोट युनाइटेडले सिन्धुलीको नमुना जनउत्थान क्लबलाई २–१ ले पराजित गर्दे सुखद सुरुवात गरेको हो ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा ३१ औं मिनेटमा हार्दिक भण्डारीले गोल गर्दे घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ४७ औं मिनेटमा सुमन तामाङले गोल गर्दे टोलीको अग्रता दोब्बर पारेका थिए ।
त्यसपछि खेलको अन्तिम समयमा जनउत्थानका कमल गुरुङले एक गोल फर्काएपनि घरेलु टिम २-१ ले विजयी भयो ।
प्रतियोगितामा बागमती प्रदेशका १० जिल्लाका फुटबल क्लबहरुको सहभागिता रहने नुवाकोट फुटबल संघले जनाएको छ ।
सहभागि १० टोलिलाई तीन समूहमा विभाजन गरिएको छ ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले साढे २ लाख रुपैयाँ पाउने छन् ।