'सी' डिभिजन लिग : उद्घाटनमा खालीबारी र झापा भिड्ने
बिहिबार, फागुन ६, २०७७खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार 'सी' लिगको खेल तालिका सार्वजनिक गरेको हो ।
'सी' डिभिजन लिग चैत १ गतेबाट २४ गतेसम्म संचालन हुनेछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्समा एक क्लबले तीन खेल खेलेंछ ।
सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।
लिगको पहिलो दिन २ खेल हुनेछ ।
पहिलो खेलमा खालीबारी युथ क्लब र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ ।
तालिका :















-1762399930574.webp&w=3840&q=75)