एजेन्सी । भारतले इंग्ल्यान्डविरुद्धको बाँकी दुई टेस्ट खेलका लागि टिमको घोषणा गरेको छ ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले १७ सदस्सीय टिमको घोषणा गरेको हो ।
भारतले घोषणा गरेको टिममा दुई खेलाडीलाई रिलिज गरिएको छ ।
शाहबाज नदीम र सार्दुल ठाकुरलाई रिलिज गरिएको छ ।
उमेश यादव टिममा फर्किएका छन् ।
भारतले पाहुना टिमविरुद्धको बाँकी दुई खेल अहमदाबादमा खेल्नेछ ।
अघिल्ला दुई खेल चेन्नईमा भएको थियो ।
चार खेलको सिरिज १-१ को बराबरी रहेको छ ।
