काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका भिड्ने छन् ।
लिगको अन्तिम खेलमा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन् ।
वालिङ ११ खेलमा १४ अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ ।
वालिङ चन्द्रपुरलाई हराएर लिगको तेस्रो स्थानमा उक्लन चाहन्छ ।
चन्द्रपुर ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
लिगको उपाधि भने एपीएफले जितिसकेको छ ।