एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा एट्लेटिको लेभान्टेसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
लेभान्टेको मैदानमा एक गोलको अग्रता उल्टाएर एट्लेटिकोले बराबरी खेलेको हो ।
खेलको १७ औं मिनेटमा बार्धीले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ३७ औं मिनेटमा मार्कुस लोरेन्टले गोल गर्दै एट्लेटिकोलाई हारबाट जोगाए ।

बराबरीसंगै एट्लेटिकोले २२ खेलमा ५५ अंक जोडेको छ ।
एट्लेटिकोले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।
लेभान्टे २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।