एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा सिटीले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
एभर्टनको मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेन, रियाद महरेज र बेर्नार्डो सिल्भाले एक एक गोल गरे ।
एभर्टनका रिचार्लिसनले एक गोल फर्काए ।
गुडिसन पार्कमा खेलको ३२ औं मिनेटमा फोडेनको गोलबाट सिटीले अग्रता बनाएको थियो ।
खेलको ३७ औं मिनेटमा रिचार्लिसनले गोल फर्काएपछि खेल १-१ को अवस्थामा पुग्यो ।

खेलको ६३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।
जितसँगै सिटीले उपाधि होड बलियो बनाएको छ ।
सिटीले लिगमा १० अंकको अग्रता समेत बनाएको छ ।
सिटीले २४ खेलमा ५६ अंक जोडेको छ ।
दोस्रो स्थानको युनाईटेडको ४६ अंक रहेको छ ।
एभर्टन ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
अर्को खेलमा बर्नली र फुलहमले १-१ गोलको बराबरी खेलेका छन् ।