एजेन्सी । इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ ।
बुधबार राति भएको पहिलो लेगमा युभेन्ट्स पोर्चुगिज क्लब पोर्टोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा पोर्टोलाई जित दिलाउन मेहेदी तारेमी र मौसा मारेगाले एक एक गोल गरे ।
युभेन्ट्सका फेड्रिको चिसाले एक गोल फर्काए ।
खेलको पहिलो मिनेटमा तारेमीले गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ।
खेलको ४६ औं मिनेटमा मौसाले गोल गरेपछि घरेलु टिम २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८२ औं मिनेटमा युभेन्ट्सका फेड्रिकोले एक गोल फर्काए पनि पोर्टो २-१ ले विजयी भयो ।
यस जितसँगै पोर्टोको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।
अब दोस्रो लेगमा पोर्टोलाई बराबरीले पुग्नेछ ।
युभेन्ट्सलाई भने दोस्रो लेगमा सानदार पुनरागमनको आवश्यकता देखिएको छ ।
युभेन्ट्सको घरेलु मैदानमा हुने दोस्रो लेग मार्च ९ मा हुनेछ ।

