शालिकराम चालिसे
नुवाकोट । नुवाकोटमा बिहीबारबाट बागमती प्रदेश लिग फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा नुवाकोट फुटबल संघको संयोजनामा लिगको आयोजना हुन लागेको हो ।
विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगितामा बागमती प्रदेशका १० जिल्लाका फुटबल क्लबहरुको सहभागिता रहने नुवाको फुटबल संघले जनाएको छ ।
सहभागि १० टोलिलाई तीन समूहमा विभाजन गरिएको छ ।
समूह ए मा नखिपोट युथ क्लब ललितपुर, सौराहा युवा समाज चितवन र न्यु जेनेरेसन युवा क्लब सिन्धुपाल्चोक रहेका छन् ।
यस्तै समुह बी मा घरेलु टोलि नुवाकोट युनाइटेड फुटबल,धादिड समाज, टाइगर टिम दोलखा र नमुना जनउत्थान क्लब सिन्धुली रहेका छन् ।
त्यस्तै समूह सी मा न्यु डाँफे युथ क्लब मकवानपुर,आकाश भैरव क्लब काभ्रे,वाइन्ट स्पोटर्स एक्सपोर्टस काठमाडौं रहेका छन् ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ र उपविजेताले साढे २ लाख रुपैयाँ पाउने संघका अध्यक्ष दिपक चित्रकारले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा नुवाकोट युनाइटेड र सिन्धुलीको नमुना जनउत्थान क्लबबीच प्रतिस्पर्धा हुनेछ ।