अविनाश थापा
निजगढ । एफसी कोलगाउ तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा निजगढ वडा नम्बर ९ लाई ४-० गोल अन्तरले पराजित गर्दै कोलगाउ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलको २० औं मिनेटमा कोलगाउका बिराज लामाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा सुमन मोक्तानको गोलसंगै कोलगाउको अग्रता दोब्बर भयो ।
खेलको ४१ औं मिनेटमा ससिल मोक्तानले गरेको गोलसंगै कोलगाउले ३-० गोलको अग्रता बनायो ।
खेलको ५४ औं मिनेटमा वडा नम्बर ९ का कप्तान राजु श्रेष्ठ दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
त्यसपछि ६३ औं मिनेटमा कप्तान बाबुराम थिङले कोलगाउलाई ४-० को जित दिलाए ।
खेलको म्यान अफ द म्याच कोलगाउका कप्तान बाबुराम थिङ भए ।
अब बिहीबार हुने पहिलो क्वाटरफाइनलमा निजगढ सिटि क्लव र सिंगौल एफसी ए बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।