• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बागमती महिला क्रिकेट टोलीको बिदाई
खेलपाटी संवाददाता
बुधबार, फागुन ५, २०७७ खेलपाटी संवाददाता
बागमती महिला क्रिकेट टोलीको बिदाई

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले बागमती प्रदेश महिला क्रिकेट टोलीलाई आज शुभकामना सहित बिदाई गरेको छ ।

पोखरामा ६, ७ र ८ गते हुने ‘द अरनिको ट्रफी’ सिरिज अन्तरगतको होम एण्ड अवे प्रतियोगितामा प्रतिस्पर्धा गर्न बागमती प्रदेश महिला क्रिकेट टोली आजै त्यस तर्फ प्रस्थान गरेको हो ।

सिरिजमा गण्डकी प्रदेश र बागमती प्रदेशबिच ५० ओभरको ६ एक एकदिवसीय खेल हुनेछ । जसमा एक महिना भित्र ३ एकदिवसीय खेल पोखरा र ३ एकदिवसीय खेल काठमाडौंमा हुनेछ ।

महाराजगंजस्थित हेडलाईन क्याफेमा भएको कार्यक्रमा नेपाली काँग्रेस काठमाण्डौ क्षेत्र नं. ४ का सभापति, पूर्व काँग्रेस खेलकुद विभाग सदस्य एवं अन्तराष्ट्रिय कराते खेलाडी राजु श्रेष्ठले टोलीलाई नेपालका पहिलो अन्तराष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापना गरिएको गजराज जोशी फाउण्डेशनद्वारा प्रदान गरिएको खेल पोशाक र नगद २० हजार र शुभकामना सहित बिदाई गरे । जसमा प्रमुख अतिथी राजु श्रेष्ठले १० हजार र नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सचिव एवं गजराज जोशी फाउण्डेशनका अध्यक्ष मनिष राज जोशी (राम) ले दस हजार गरि २० हजार रहेको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका सचिव एवं गजराज जोशी फाउण्डेशनका अध्यक्ष मनिष राज जोशी (राम)को अध्यक्षतामा भएको कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै प्रमुख अतिथी राजु श्रेष्ठले खेलाडीहरुलाई उच्च मनोबलका साथ खेल खेल्दै बिजय भएर फर्कन शुभकामना प्रदान गरे ।

उनले खेलाडीहरुलाई खेलाडीहरु एक्लो नभई बागमती प्रदेशनै खेलाडीहरुको साथमा रहने भन्दै विजयी खेलाडीहरुको स्वागतमा तयार रहेको बताए । उनले सिरिजमा विजय भएको खण्डमा खेलाडीहरुलाई डिनरको ब्यवस्था गर्ने र बागमती प्रदेश संघका संयोजक एवं नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य दीपक गुरुङ्गले घोषणा गरेको ३० हजारको रकममा थप २० हजार सहित ५० हजार प्रदान गरिने बताए ।

कार्यक्रमका सभापती मनिष जोशीले खेलाडीहरुलाई उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउन र खेलाडीको रुपमा आफुलाई स्थापित गर्ने उद्धेश्यले अगाडी बढ्न सुझाव दिए । उनले खेलाडीहरुमा सवै भन्दा पहिले खेलाडी बन्ने र खेलमा समर्पित हुने चाहना हुनु अत्यन्त महत्वपूर्ण रहेको र त्यसले मात्र खेलाडीहरुको मनोबल उच्च हुनुका साथै विजय हुन मद्धत पुग्ने बताए ।
बागमती प्रदेशका संयोजक दीपक गुरुङ्गले खेलाडीहरुलाई पोखरामा एक्लो महशुस नगर्न सुझाव दिंदै नेपाल लोकतान्त्रिक संघ सदा खेलाडीको साथमा रहेको बताए । उनले पोखरामा कुनै समस्या आएमा खवर गर्न भन्दै त्यसको समाधान संघले गर्ने र खेलाडीले विजयी भएको खण्डमा ३० हजार नगद प्रदान गर्ने बताए ।

खेलाडीहरुलाई नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सचिव बखत बहादुर शाहीले पनि शुभकामना प्रदान गरेका थिए । कार्यक्रमा संघका केन्द्रिय सदस्य राजु बिक्रम थापा, काठमाण्डौ जिल्ला खेलकुद बिकास समितिका पूर्व उपाध्यक्ष दामोदर भट्टराई (बद्री) लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगितालाई भारतस्थित डिलक्स स्पोर्टस् कम्पनी (डिएससी) र पोखरा क्रिकेट एकेडेमीले संयुक्त रुपमा आयोजना गर्न लागेको बागमती टिम प्रशिक्षक रविन जोशीले जानकारी गराए । उनले आफ्नो पहलमा प्रतियोगितालाई डिएससीलाई प्रायोजन गर्न प्रोत्साहन गरेको बताए । ‘हाल सम्म महिलाहरुको ५० ओभरको वन डे खेल नभएको र यसले खेलाडीहरुको स्तरमा बृद्धि गर्न मद्धत पुग्ने छ’ – प्रशिक्षक रविन जोशीले बताए ।

हाल सम्म पुरस्कार रासीको घोषण नगरिएको र प्रतियोगितामा बिजयी टिम तथा खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथै ट्रफी प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा प्लेयर अफ दि म्याच र प्लेयर अफ दि सिरिजको घोषणाका साथै ट्रफी प्रदान गरिने प्रशिक्षक रविनले बताए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले टस जित्यो
नेपालले टस जित्यो
नेपाललाई जित्नैपर्ने दबाब
नेपाललाई जित्नैपर्ने दबाब
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
नेपालले टस जित्यो
नेपालले टस जित्यो
नेपाललाई जित्नैपर्ने दबाब
नेपाललाई जित्नैपर्ने दबाब
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP