काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले एपीएफ क्लब र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ र विराटनगरले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
जारी लिगमा एपीएफ च्याम्पियन बनिसकेको छ ।
यस अघिको खेलमा आर्मी र पुलिसले बराबरी खेलेपनि एपीएफले उपाधि जितेको हो ।
लिगमा शीर्ष स्थानको एपीएफको १० खेलमा ३० अंक रहेको छ ।
विराटनगर १६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।