काठमाडौं । दोस्रो संस्करणको अन्तर्राष्ट्रिय चितवन भेट्रान कप फुटबल प्रतियोगिता फागुन ११ गतेबाट सुरु हुने भएको छ ।
आयोजक चितवन भेट्रान फुटबल क्लबले प्रतियोगिता फागुन ११ देखि १५ गतेसम्म आयोजना हुने जनाएको छ ।
कृष्णपुर खेल मैदानमा आयोजना हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा सहभागिता जनाउन ४० वर्ष उमेर माथिको हुनु पर्नेछ ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउने छ ।
यस्तै उपविजेताले ७५ हजार रुपैयाँ पाउने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउने छन् ।
व्यक्तिगत विधाका विजेताले १० हजार पाउने आयोजकले जनाएको छ ।