एजेन्सी । इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज पोर्टोसँग खेल्दैछ ।
युभेन्ट्सले पोर्चुगिज क्लब पोर्टोसँग उसैको मैदानमा खेल्नेछ । युभेन्ट्स र पोर्टोबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा युभेन्ट्स सहज जितको खोजीमा हुनेछ ।
युभेन्ट्स पहिलो लेगमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
तर, घरेलु टिमविरुद्ध युभेन्ट्सलाई जित निकाल्न कठिन रहेको छ ।
पोर्टो पनि युभेन्ट्सलाई हराउने लक्ष्यसहित मैदान उत्रने छ ।
च्याम्पियन्स लिग अन्तर्गत नै जर्मन क्लब बोरुसिया डर्टमण्डले स्पेनिस क्लब सेभियासँग खेल्नेछ ।
सेभियाको मैदानमा हुने खेल राति १:४५ बजे सुरु हुनेछ ।
दुबै टिम पहिलो लेगमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।