एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखका डिफेन्डर डेभिड अल्बाले क्लब छाड्ने भएका छन् ।
अष्ट्रियाका डिफेन्डर अल्बाले सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका हुन् ।
२८ वर्षीय डिफेन्डर अल्बाको सम्झौता सिजनको अन्त्यसँगै सकिदैछ ।
बायर्नसँग नयाँ सम्झौता गर्न असफल भएसँगै अल्बाले क्लब छाड्ने पक्का भएको हो ।
'यो निर्णय सहज छैन । किनकी मैले १३ वर्ष बिताए र यस क्लब मेरो मुटुको नजिक छ,' उनले भनेका छन् ।
अल्बा सन् २००८ मा बायर्न आएका थिए ।
बायर्नका लागि उनले ४ सय १५ खेलमा ३३ गोल गरेका छन् ।
बायर्नमा १३ वर्ष रहदा उनले ९ बुन्डेसलिगा र २ च्याम्पियन्स लिग जितेका छन् ।
यस्तै ६ जर्मन कप जितेका छन् ।
बहुमुखी प्रतिभा भएका खेलाडी अल्बा प्रिमियर लिग जाने चर्चा छ ।
तर, उनलाई अनुबन्ध गर्न रियल मड्रिडले समेत चासो देखाएको छ ।