काठमाडौं । एपीएफ क्लबकी स्ट्राइकर सावित्रा भण्डारी लामो समय मैदान बाहिर रहने भएकी छैन ।
राष्ट्रिय महिला लिग अन्तर्गतको सोमबार चोट बोकेकी सावित्रा करिब ९ महिना मैदान बाहिर रहने भएकी हुन् ।
सावित्राले नेपाल पुलिस क्लबविरुद्धको खेलमा चोट बोकेकी थिइन् ।
सावित्राको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको छ । उनको शल्यक्रिया गर्नु पर्नेछ ।
'डाक्टरले अप्रेसन गर्नु पर्छ भनेको छ । एसिएल गएको छ । डाक्टरले ९ महिना आराम गर्नुपर्छ भनेको छ,' सावित्राले भनिन् ।
सावित्रा खेलको ६९ औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि घाइते भएकी थिइन् । सावित्रा खेलको ७९ औं मिनेटमा मैदानबाट बाहिरिएकी थिइन् ।
सब सावित्राले लिगको बाँकी दुई खेल समेत गुमाउने छिन् ।
उपाधि नजिक रहेको एपीएफले लिगमा दुई खेल खेल्न बाँकी रहेको छ ।
सावित्राले जारी लिगको १० खेलमा ४३ गोल गरेकी छिन् ।
