युनाईटेडसँग ग्रीनउडको नयाँ सम्झौता
मंगलबार, फागुन ४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । युवा फरवार्ड मासन ग्रीनउडले म्यानचेस्टर युनाईटेडसँग नयाँ सम्झौता गरेका छन् ।
इंग्ल्यान्डका फरवार्ड ग्रीनउडले मंगलबार युनाईटेडसँग चार वर्षे नयाँ सम्झौता गरेका छन् ।
नयाँ सम्झौतासँगै ग्रीनउड सन् २०२५ को जुनसम्म युनाईटेडमा रहने छन् ।
१९ वर्षीय फरवार्ड युनाईटेडको एकेडेमीका खेलाडी हुन् ।
उनि सात वर्षको उमेरबाट युनाईटेडमा रहेका छन् ।
ग्रीनउड युरोपियन प्रतियोगितामा युनाईटेडका लागि गोल गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन् ।
ग्रीनउडले युनाईटेडका लागि ८२ खेल खेलिसकेका छन् ।











-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)