काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
चन्द्रपुर र चौदण्डीबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
चन्द्रपुर जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
चन्द्रपुर १० खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
चौदण्डीगढी पहिलो जितको खोजीमा रहेको छ ।
लगातार १० हार व्यहोरेको चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।