एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले फराकिलो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा बिल्बाओले काडिजलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
बिल्बाओको जितमा एलेक्स बेरेनगुएरले दुई गोल गरे । युनाई लोपेज र इनाकी विलियम्सको नाममा एक एक गोल रह्यो ।
खेलको चौथो मिनेटमा एलेक्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए ।

खेलको १५ औं मिनेटमा लोपेजले गोल गर्दा बिल्बाओको अग्रता दोब्बर बन्यो ।
खेलको २९ औं मिनेटमा एलेक्सले व्यक्तिगत दोस्रो गोल गरेपछि बिल्बाओले ३-० को अग्रता बनायो ।
त्यसपछि खेलको ५२ औं मिनेटमा विलियम्सले गोल गर्दै बिल्बाओलाई ४-० को फराकिलो जित दिलाए ।
जितसँगै बिल्बाओले २२ खेलमा २८ अंक जोडेको छ ।
बिल्रबाओ लिगको १० औं स्थानमा रहेको छ ।
काडिज २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।