एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
घरेलु मैदानमा सोमबार राति भएको खेलमा बायर्न रेलिगेसन क्षेत्रको अर्मेनियासँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
बायर्नका लागि रोबर्ट लेवान्डोस्की, टोलिसो र अल्फन्सो डाभिसले एक एक गोल गरे ।
अर्मेनियाका मिचेल भिलाप, आमोस पिपर र क्रिस्टियन गेवाअरले एक एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने अर्मेनियाले बनाएको थियो ।
खेलको नवौं मिनेटमा मिचेलले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा आमोसले गोल गर्दा अर्मेनिया २-० ले अघि रह्यो ।
तर, खेलको ४८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को स्थितिमा ल्याए ।
खेलको ४९ औं मिनेटमा क्रिस्टियनले गोल गरेपछि अर्मेनियाले ३-१ को अग्रता बनायो ।

खेलको ५७ औं मिनेटमा टोलिसोले गोल गर्दै बायर्नलाई ३-२ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ७० औं डाभिसले गोल गर्दै खेललाई ३-३ गोलको बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै बायर्नले २१ खेलमा ४९ अंक जोडेको छ ।
साविक विजेता समेत रहेको बायर्नले शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ ।
अर्मेनिया १८ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
