काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा विराटनगरले वालिङलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
विराटनगरको जितमा भारतीय खेलाडी आशा कुमारीले निर्णायक गोल गरिन् ।
आशा कुमारीले खेलको ३५ औं मिनेटमा गोल गरिन् । उनले फ्रिकिकबाट गोल गरेकी हुन् ।
खेलमा विराटनगरकी गोलकिपर कल्पना कार्की प्लेयर अफ दि म्याच बनिन् ।
जितसंगै विराटनगरले १६ अंक जोडेको छ ।
विराटनगर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
वालिङले १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।