काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा विराटनगरले १-० को अग्रता बनाएको छ ।
विराटनगरका लागि भारतीय खेलाडी आशा कुमारीले ३५ औं मिनेटमा गोल गरिन् । उनले फ्रिकिकबाट गोल गरेकी हुन् ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
वालिङ ९ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
विराटनगर १० खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।