एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज चेल्सीले न्युकासल युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
चेल्सीले घरेलु मैदानमा न्युकासलसँग खेल्नेछ । चेल्सी र न्युकासलबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
न्युकासलविरुद्ध मैदान उत्रदा चेल्सी सहज जितको खोजीमा हुनेछ ।
चेल्सी न्युकासललाई हराएर शीर्ष टोलिसँगको अंक दुरी समेत घटाउन चाहन्छ ।
चेल्सी ३९ अंक जोडेर लिगको पाँचौं स्थानाम रहेको छ ।
न्युकासल २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
न्युकासल चेल्सीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
पिमियर लिग अन्तर्गत नै अर्को खेलमा वेस्ट ह्यामले सेफिल्डसँग खेल्नेछ ।