एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा फ्रान्कफर्टले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा फ्रान्कफर्टले कोल्नलाई २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा फ्रान्कफर्टलाई जित दिलाउन आन्द्रे सिल्भा र इभान एनडिकाले एक एक गोल गरे ।
खेलको ५७ औं मिनेटमा सिल्भाले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा इभानले गोल गर्दै फ्रान्कफर्टलाई २-० को जित दिलाए ।
जितसंगै फ्रान्कफर्ट लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
फ्रान्कफर्टले २१ खेलमा ३९ अंक जोडेको छ ।
कोल्न २१ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
अर्को खेलमा वुल्फवर्ग र बोरुसिया मोन्चेनग्लाडवाचले गोलरहित बराबरी खेलेका छन् ।
