काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।
विभागीय डर्बी भिडन्त अपरान्ह १२ बजे सुरु हुनेछ ।
पुलिसविरुद्ध मैदान उत्रदा एपीएफ सहज जित निकाल्ने योजनामा हुनेछ ।
एपीएफ पुलिसलाई हरयेर उपाधि होड बलियो बनाउन चाहन्छ ।
जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो ।
एपीएफले ९ खेलमा २७ अंक जोडेको छ ।
पुलिस उपाधि होडबाट बाहिरिसकेको छ ।
तर, पुलिस एपीएफको अपराजित यात्रालाई पूर्णविराम लगाउने योजनामा रहेको छ ।
पुलिसले ९ खेलमा १४ अंक जोडेको छ । पुलिस लिगको चौंथो स्थानमा रहेको छ ।
अर्को खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
दुबै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन् ।
वालिङ ९ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
विराटनगर १० खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।