एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज साविक विजेता रियल मड्रिडले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ ।
रियलले घरेलु मैदानमा भ्यालेन्सियाको सामना गर्नेछ । रियल र भ्यालेन्सियाबीचको खेल राति ९ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा रियल जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ ।
रियल ४६ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ ।
भ्यालेन्सियालाई हराउँन सकेमा रियलले शीर्ष स्थानको एट्लेटिकोसँगको अंक दुरी समेत घटाउनेछ ।
एट्लेटिको ५४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
भ्यालेन्सिया २४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै लेभान्टेले ओसासुना र गेटाफेले रियल सोसीडाडसँग खेल्नेछ ।