काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले ३-१ को अग्रता बनाएको छ ।
आर्मीका लागि रश्मी घिसिङले दुई गोल गरिन् । यस्तै विमला चौधरीले १ गोल गरिन् ।
चन्द्रपुरकी रजनी थोकरले एक गोल गरिन् ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
आज आर्मी चन्द्रपुरलाई हराएर एपीएफविरुद्ध दबाब कायम राख्न चाहन्छ ।
९ खेल खेलेको आर्मी २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
एपीएफ २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
चन्द्रपुर ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
आज आर्मीलाई हराएर चन्द्रपुर अंक तालिका सुधार गर्न चाहन्छ ।