एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेडले वेस्ट ब्रुमसँग प्रतिस्पर्धा गर्दैछ ।
युनाईटेडले वेस्ट ब्रुमसँग उसैको मैदानमा खेल्नेछ । युनाईटेड र वेस्ट ब्रुमबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
वेस्ट ब्रुमविरुद्ध मैदान उत्रदा युनाईटेड जित निकाल्ने योजनामा हुनेछ ।
युनाईटेड जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लन चाहन्छ ।
युनाईटेड २३ खेलमा ४५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
वेस्ट ब्रुमलाई हराएमा युनाईटेड शीर्ष दुईमा उक्लने छ ।
वेस्ट ब्रुम १२ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा आर्सनलले लिड्स युनाईटेडसँग खेल्नेछ ।
आर्सनलले घरेलु मैदानमा लिड्सको सामना गर्नेछ ।
आर्सनल ३१ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
लिड्स ३२ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
यस्तै उल्भ्सले साउथह्याम्पटनसँग खेल्नेछ ।