काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
आर्मी र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ ।
रौतहटको चन्द्रपुरविरुद्ध मैदान उत्रदा आर्मी सहज जितको खोजीमा हुनेछ ।
आर्मी चन्द्रपुरलाई हराएर एपीएफविरुद्ध दबाब कायम राख्न चाहन्छ ।
९ खेल खेलेको आर्मी २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
एपीएफ २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो ।
चन्द्रपुर ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
आज आर्मीलाई हराएर चन्द्रपुर अंक तालिका सुधार गर्न चाहन्छ ।