एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्स पराजित भएको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले निर्णायक गोल गरे ।
खेलको ३१ औं मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गरेका थिए ।
जितसँगै नापोली लिगको चौंथो स्थानमा उक्लिएको छ ।
नापोलीले २१ खेलमा ४० अंक जोडेको छ ।
युभेन्ट्स ४२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा लिग लिडर एसी मिलान स्पेजियासँग पराजित भएको छ ।
मिलानलाई स्पेजियाले २-० ले हराएको हो ।
मिलान ४९ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।
