एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसलाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र ट्रिन्काओले दुई गोल गरे । जुनियर फिर्पोको नाममा एक गोल रह्यो ।
डिपोर्टिभोका लुइस रीओजाले एक फर्काए ।
घरेलु मैदानमा खेलको २९ औं मिनेटमा ट्रिन्काओले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले २-० को अग्रता बनायो ।
खेलको ५७ औं मिनेटमा पाहुना टोलीका लुइसले गोल गर्दा खेल २-१ को स्थितिमा आयो ।

खेलको ७४ औं मिनेटमा ट्रिन्काओले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ३-१ को अग्रता बनायो ।
७५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८० औं मिनेटमा जुनियरले गोल गरेपछि बार्सिलोना ५-१ ले विजयी भयो ।
जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले २२ खेलमा ४६ अंक जोडेको छ ।
डिपोर्टिभो २२ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
