एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले टोटेनहमलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन इल्केए गुन्डोगानले दुई गोल गरे । रोड्रीको नाममा एक गोल रह्यो ।
खेलको २३ औं मिनेटमा रोड्रीले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ५० औं मिनेटमा गुन्डोगानले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ६६ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ३-० ले विजयी भयो ।
जितसँगै सिटीले लिगमा ७ अंकको अग्रता बनाएको छ ।
सिटीले २३ खेलमा ५३ अंक जोडेको छ ।
टोटेनहम ३६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।