एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित मार्सेलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पे र मौरा इकार्डीले एक एक गोल गरे ।
मार्सेलीको मैदानमा नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको २४ औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।
यस्तै खेलको इन्जुरी समयमा दिमित्री पायटले रातो कार्ड पाएपछि अन्तिम केहि समय मार्सेली १० खेलाडीमा समेटिएको थियो ।
मार्सेलीविरुद्धको जितसंगै पीएसजीले शीर्ष स्थानको लिलसँगको अंक दुरी कम गर्न सफल भएको छ ।
पीएसजीले २४ खेलमा ५१ अंक जोडेको छ । तेस्रो स्थानको पीएसजी लिल भन्दा ३ अंकले पछि रहेको छ ।
लिल ५४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
मार्सेली ३३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।