काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच खेल हुनेछ ।
आर्मी र चौदण्डीबीचको खेल बिहान ११:३० बजे सुरु हुनेछ ।
चौदण्डीविरुद्ध आर्मी सहज जितको खोजीमा हुनेछ ।
आर्मी ५ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ ।
आर्मी चौदण्डीलाई हराएर शीर्ष स्थानको एपीएफविरुद्ध अंक दुरी कम गर्न चाहन्छ ।
एपीएफले १८ अंक जोडेको छ ।
चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।
चौदण्डी पहिलो अंकको खोजीमा रहेको छ ।
अर्को खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकासँग खेल्नेछ ।
पुलिस र विराटनगरबीचको खेल अपरान्ह २:३० बजे सुरु हुनेछ ।
पुलिस ५ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
विराटनगर ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।