एजेन्सी । कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा युभेन्ट्सले इन्टर मिलानविरुद्ध २-१ गोलको जित निकालेको हो ।
इन्टरको मैदानमा एक गोलको अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो ।
खेलको नवौं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर, क्रिस्टियानो रोनाल्डो चम्किएपछि युभेन्ट्सले पुनरागमन गर्यो ।

खेलको २६ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ३५ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।
अब दुई टिमबीचको दोस्रो लेग १० फेब्रुअरीमा युभेन्ट्सको मैदानमा हुनेछ ।
यस्तै अर्काे सेमिफाइनलमा नापोली र एटलान्टा आज राति भिड्ने छन् ।
