एजेन्सी । कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।
पहिलो सेमिफाइनलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी युभेन्ट्स र इन्टर मिलान भिड्ने छन् ।
युभेन्ट्स र इन्टरबीचको खेल १:३० बजे सुरु हुनेछ ।
दुबै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुने छन् ।
इन्टर यो सिजन निकै लयमा रहेको छ ।
सिरी 'ए' इन्टर दोस्रो स्थानमा रहेको छ ।
युभेन्ट्स लिगको चौंथो स्थानमा रहेको छ ।
दुई टिमबीचको विजेताले फाइनलमा नापोली र एटलान्टाबीचको विजेतासँग खेल्नेछ ।
नापोली र एटलान्टाबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ ।