काठमाडौं । स्याङ्गजाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिकालाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा वालिङले चन्द्रपुरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
वालिङको जितमा मेथो रुथले दुई गोल गरिन् । यस्तै टोउटा ओर्नेलाले एक गोल थपिन् ।
खेलको ३७ औं मिनेटमा क्यामरुनी खेलाडी ओर्नेलाले फ्रिकिकबाट गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् ।
खेलको ४५ औं मिनेटमा क्यामरुनकै रुथले गोल गर्दा वालिङ २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ५४ औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई ३-० को सहज जित दिलाईन् ।

वालिङको यो लिगमा दोस्रो जित हो ।
जितसंगै वालिङले ६ खेलमा ८ अंक जोडेको छ ।
वालिङ चौंथो स्थानमा उक्लिएको छ ।
चन्द्रपुरले ६ खेलमा ३ अंक जोडेको छ ।
चन्द्रपुरको यो पाँचौ हार हो । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।